नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गण्डकी प्रदेशको राजधानी पोखरा का विभिन्न ठाउं हरूमा विरोध प्रदर्शन गरेको छ । पोखराको न्यूरोड,बिराटा १७ नं वड़ा कार्यालय अगाड़ी,महेंद्रपुल,लेखनाथ तालचोक,पोखरा बिश्वबिधालय लगायत विभिन्न ठाउं हरूमा हिजो र आज गरी नेविसंघका कार्यकर्ता हरूले विरोध प्रदर्शन गरेको हुन ।

हिजो भने विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वडा प्रहरी कार्यालय वैदामकी प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङको नेतृत्वमा खटिएको करिब चार दर्जन प्रहरीले नेविसंघको ठाउं हरूमा भएको प्रदर्शन लाई हस्तक्षेप गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गरेको ने वि संघ कास्कीका पूर्व जिल्ला अध्यक्ष विक्रमादित्य सिंह गिरी ले जानकारी दिनु भएको छ। उक्त विरोध प्रदर्शन को जानकारी गराउंदै पूर्व अध्यक्ष गिरीले नेपाली जनताले कोरोना संक्रमणको महामारीको भयावह अवस्था लाई सामना गरि रहेका बेला प्रधानमन्त्री र राष्ट्रपतिले लोकतंत्र र संविधान लाई नै खतरा मा पार्दै षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै विद्यार्थी आन्दोलन पोखराबाट शुरु भएको र देशै भरि हुने चेतावनी दिए ।