जीवन शैली

क्यान्सर किलर सावरसोप खेती गर्ने हो ? यी जानकारी पढ्नुहोस

सावरसोप लाई ग्रभायोला पनि भनिन्छ । सावरसोप सधा हरियो रुखको रुपमा रहन्छ । यसको बैज्ञानिक नाम (Annona muricata) हो भने यसको परिवार अन्नोनासीहो । यसको फल काँडा भएको हुन्छ र यो खान योग्य हुन्छ। सावरसोप प्राकृतिक रुपमा धेरैनै बिस्तारै बढ्ने रुख हो ।

समुद्री सतहबाट एक हजार मीटरसम्मको उँचाइमा खेती गर्न सकिने यो फलको रूख मध्यम उँचाइको हुन्छ । एक रोपनीमा १०-१५ बोट लगाउन सकिने सावरसोप रोपेको ५/६ वर्षमा दुई केजीसम्मको काँडेदार फल लिन सकिन्छ । एउटा रूखमा बढीमा १५–२० वटा फल्छ । नेपालको तराई, भित्रीमधेश तथा नदीका किनारा एवं खोंच र बेंसीहरूमा यसको व्यावसायिक खेतीको सम्भावना देखिन्छ ।

काठमाडौं उपत्यका लगायत मध्यपहाड र तराईका शहरहरूमा पनि घरघरै रोपेर सावरसोपको उपयोग गर्न सकिन्छ ।नेपालमा सावरसोपको व्यावसायिक खेती गर्न सक्दा स्वास्थ्य रक्षासँगै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । तराईमा यसको व्यावसायिक नर्सरीको संभावना धेरै छ । यसको लागि नेपाल सरकारको कृषि मन्त्रालयले थप अनुसन्धान तथा व्यावसायिक खेती विस्तारको नीति ल्याउनु आवश्यक छ ।

हेरचाह :
सावरसोपको खेती गर्दा ध्यान दिनुपर्ने कुरा भनेको यसलाई नियमित रुपमा दिनु पर्नै पानी हो । नियमित पानी दिंदा यसको जराको बिकाश हुन्छ र यो बाँच्ने सम्भवना बडी रहन्छ । फलको उत्पादन बढाउन यसको रुखमुनी मल हाल्नु उपयुक्त मानिन्छ । .२५ के.जी. मल १ बर्षे रुख मुनि, .५ के.जी. मल २ बर्षे रुख मुनि र १ के.जी. मल ३ बर्षे रुख मुनि राख्नु उपयुक्त मानिन्छ ।

समस्या :
सावरसोपको खेतीमा धेरै समस्याहरु देखिन्छ । जसमध्ये मौसम र किराहरु पर्छन । सुक्खा पन र चिसो पन दुबैले सावरसोपको पात झर्दछ । विरुवाको वृद्धिमा ह्रास आउँछ र फल पनि ढिलो फल्छ । सावरसोपको अर्को समस्या भनेको यसको गन्ध हो यसलाई रुखमा पाक्न दिनु हुँदैन ।

क्यान्सरको दुश्मन सावरसुप:

क्यान्सर नियन्त्रणमा उपयोगी मानिंदै आएको सावरसोपको वैज्ञानिक परीक्षण भएको सन् २०१२ जनवरीमा मात्र हो। बेलायतका वैज्ञानिक क्रिस्टोफर सिल्भरटन थोङ्गले गरेको परीक्षणले सावरसोप फललाई क्यान्सरमा गरिने फिजियोथेरापीको विकल्प प्रमाणित गरेको छ। परीक्षणमा सावरसोपको एउटा पाकेको फललाई एक लीटर पानीमा फिटेर जुस बनाई क्यान्सरका बिरामीलाई खुवाउँदा एक पटक थेरापी गरे बराबरको नतीजा देखिएको समाचार छ।

मेक्सिको, थाइल्याण्ड, सिंगापुर, मलेशिया लगायतका देशमा परम्परागत रूपमा पेट सम्बन्धी रोग, टाउको दुख्ने, ज्वरो आउने, वाक्वाकी लाग्ने र गर्भ सुरक्षाको लागि प्रयोग गरिंदै आएको पाईन्छ। यसको फल, पात र बोक्रामा धेरै औषधीय गुण हुन्छ। सावरसुपको फलमा कार्बोहाइट्रेड, भिटामीन सी, बी, र बी–२, क्याल्सियम, म्याग्नेसियम, जिङ्क, पोटासियम र फस्फोरस पाइन्छ।

सावरसोपको जूस, क्याण्डी, वाइन, सर्बत, आइसक्रिम, चकलेट, जेली, जाम र भिटामिन सिरप चल्तीमा छ। सावरसुपको फल सुगरका बिरामीका लागि बढी उपयोगी मानिन्छ।नोट : थप जानकारी चाहिएमा डा. खेमराज भट्टराई कृषि पत्रिका बाट साभार 

Comment here