जीवन शैली

फुर्सदको समयमा यस्ता कुरामा रमाउँछन् अमिताभ बच्चन

 कुनै समयका निकै व्यस्त बलिउड अभिनेता अमिताभ बच्चन अहिले पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय छन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छ । सानो पर्दादेखि ठूला पर्दासम्म भ्याएका अमिताभ फुर्सदको समयमा के गर्दा हुन् भन्ने धेरैलाई लाग्न सक्छ ।

अमिताभले फुर्सद हुँदा आफ्ना पुरानो जीवन र समय सम्झिने गर्छन् । अमिताभले हालै एक तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए ।

तस्वीरको क्याप्सनमा  उनले लेखे, ‘एक तालिका, जसले तपाईंलाई नरोकिइकन काम गराइरहन्छ । जब तपाईंसँग समय हुन्छ, त्यतिबेला मैले अरु केही गरिन, तिनै पुराना दिन याद गरेँ ।’

अमिताभ अहिले ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अर्का अभिनेता आयुष्मान खुराना पनि छन् । उनी छिट्टै नै फिल्म ‘ब्रह्मास्त्र’ मार्फत दर्शकमाझ आउँदैछन् ।

Comment here