flash newsफिचरसमाचार

महासंकटको घडीमा कांग्रेस सांसद थापा रातदिन नभनि निरन्तर राहत वितरणमा

गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका युवा नेता विन्दुकुमार थापा पनि अहिले लकडाउनमै छन् । कोरोनाका कारण सांसदीय क्रियाकलाप र अन्य कार्यक्रम ठप्प भए पनि चाहे भूकम्प होस या नाकाबन्दी सधैं समाजिक कार्यमा अग्रसर रहने सांसद थापा अहिले पनि चूपचाप छैनन् ,रात दिन जनतको दुखमा समर्पित छ्न।

यसै क्रममा पोखरा महानगरपालिका वडा नं २१ कृस्ती स्थित मनकामना टोलमा पर्ने बैली गाऊंको दलित बस्तिमा ३२ घर लाई पुग्ने राहत(खाद्दन सामग्री) सांसद थापाले नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसी को समन्वयमा हिजो नै त्यहाँ उप्लब्ध गराएका थिए,जुन आज बिहान कांग्रेस नेता दिपेन्द्र आचार्य,ने वि संघ कास्कीका निवर्तमान अध्यक्ष विक्रमादित्य सिंह गिरी,ने वि संघ गण्डकी प्रदेश शिक्षा समन्वय समितिका पुर्व संयोजक योगेन्द्र सुबेदी,त्यहांका स्थानीय अगुवा कांग्रेसका युवा नेता योगेन्द्र परियार,जगत गिरी लगायतको उपस्तिथिमा उक्त आज बिहान वितरण गरिएको छ, राहत वितरण पश्चात त्यहांका स्थानीयले दुखको बेलामा नि तपाईहरु आउनू भयो भनी अत्यन्तै खुशी व्यक्त गरेका थिए ।

वडाको लगतमा नपरेका र राहत आवश्यकता भएका दैनिक ज्यालादारी गरी खाने, असक्त र असाहयलाई राहत दिइएको थापाले जानकारी दिए । उनले भने, ‘अत्यावश्यक भएका मजदुर, ज्यादारी गर्ने र असहाय, अशक्तलाई राहत वितरण गरेको छु ।’

थापाले व्यक्तिगत तर्फबाट हिजो सोमबार मात्र १ सय १३ घरपरिवारलाई र यसअघि २ सय घरपरिवारलाई खाद्यान्न वितरण गरिसकेका छन् । थापाले भने, ‘तपाईंहरुको हरेक दुःख सुखमा सधैं सँगै रहनेछु, यसैलाई म आफ्नो प्रमुख जिम्मेवारी र दायित्वको रुपमा लिएको छु।’

Comment here