रास्ट्रीयसमाचारसामाज

नागरिक सरोकार अभियान द्वारा लुम्विनी दृष्टिविहिन ,अपांग आश्रमलाई खाद्यन्न सहयोग

बुटवल । विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लकडाउन ले ४५ दिन नाघिसकेको छ । यस्तो गम्भीर परिस्थितमा कोभिड १९ नागरिक सरोकार अभियानको पहलमा बुटवलस्थित लुम्विनी दृष्टिविहिन अपांग तथा असहाय आश्रमलाई राहत सामग्री वितरण गरिएको छ । करिब ४० जना दृष्टिविहिन अपांग तथा असहाय ब्यतिहरु आश्रित बुटवल वेलवरीयामा रहेको आश्रामलाई चामल, दाल, चना, चिउरा, चिनी, तेल आलु, प्याज, सोयाविन लगायतका सामग्री प्रदान गरिएको छ ।
सो अवसरमा अभियानका संयोजक विनोद पहाडी, समुन्द्र जीसी, विनोद पोखरेल, विजय गौतम, रिता क्षेष्ठ, सीतास्थित आचार्य, दुर्गा नेपाल, अमृत गहतराज, शोभाकान्त भट्टराई, रोहित कुमार, विनय कसोधन, महेन्द्र क्षेष्ठ लगाएतको सहयोग र सहभागीता रहेको थियो ।यसअघि कोभिड १९ नागरिक सरोकार अभियानले बुटवल रहेका दैनिकी ज्यालादारी मजदुरहरुलाई पनि सहयोग गरिसकेको छ ।

 

Comment here