फिचरसमाचार

कपिलवस्तुका एसपी नबराजको अर्को एक्सन,ट्रकमा अवैध केराउ बरामद

भर्खरै कपिलवस्तुको प्रहरी कमाण्ड सम्हाल्न आउनुभएका नवराज अधिकारीले धमाधम अवैध काम गर्नेमाथि एक्सन चाल्न शुरु गर्नुभएको छ । जिल्ला प्रवेश गरेसंगै सर्वसाधारण कुट्ने एक वडाध्यक्षका छोरालाई प्रकाउ गरेर कामको सुरुवात गर्नुभएका एसपी अधिकारीले आइतबार भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा एक ट्रक अवैध सेतो केराउ पक्राउ गर्न सफल हुनुभएको हो ।

बेला बेला भारतबाट विना भन्सार नेपालमा केराउ आयात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो ।

तर, कपिलवस्तु प्रहरीले अहिलेसम्म यति ठूलो परिमाणमा केराउ बरामद गर्न सकेको थिएन । यद्यपि एसपी अधिकारीको जिल्ला आगवनसंगै आइतबार ठूलो परिमाणमा केराउ बरामद भएको हो ।

जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडास्थित एक ट्रक सेतो केराउ बरामद गरिएको प्रहरी उपरिक्षक अधिकारीले  बताउनुभयो ।

चाकरचौडाबाट पकडी तर्फ आउँदै गरेको लु १ ख ८९५१ नम्बरको ट्रकमा अवैध रुपमा सेतो केराउ चोरी निकासी गरी ल्याउँदै गरेको भन्ने खबरका आधारमा इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा ट्रक भित्र रहेको ५ सय ३० बोरा अवैध ढंगले कपिलवस्तु भित्राइएको पाइएको प्रहरी उपरिक्षक अधिकारीले जनाउनुभयो ।

बरामद गरिएको केराउको मूल्य तेह्र लाख पच्चीस हजार बराबरको रहेको उहाँले जनाउनुभयो । अहिले उक्त ट्रकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौली पठाइएको उहाँले जनाउनुभयो ।

Comment here