कला साहित्यमनोरञ्जन

महेश नेपालको शब्द र समिर आचार्यको संगीत रहेको तीज सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक हुदैछन यस्तैमा प्रिती आले, शंकर घिमिरे र सृजना श्रेष्ठको स्वरमा रहेको तीज गीत ‘फरिया उचाली ‘ भिडियो सार्वजनिक गरिएको छ। महेश नेपालको शब्द रचना रहेको गीतमा संगीत समिर आचार्यको रहेको छ। पछिल्लो समय सार्वजनिक भई रहेका तीज गीत भन्दा यो गीत अलिक पृथक बनेको छ। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोमा आयुष्मा कार्की र प्रकाश गुरुङ फिचर्ड छन्। ज्ञानेन्द्र शर्माको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

Comment here