फिचरभिडियोमनोरञ्जन

केकी,दिलिप,अन्जस र बिरेन्द्रको प्रेमको बाडी आयो भिडियोमा

काठमाडौँ । वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा महत्वकांक्षी गीतका रुपमा हेरेको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

चर्चित सङ्गीतकर्मी दिपक शर्माको शब्द र सङ्गीत,नरेन्द्र बियोगीको सङ्गीत सम्योजन र श्यामश्वेत रशाईलीको मिक्सिङ मास्टरिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

मिलन विश्वकर्माको सहायक निर्देशनमा तयार भएको भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी र केकी अधिकारिको गज्जबको नृत्य देख्न सकिन्छ । गाउँले परिबेश भित्र प्रेमी र प्रेमिकाको प्रेममय जीवनलाई बिशेष रुपमा प्रस्तुत गरियेको भिडियोमा नायक दिलिप र सुन्दरी नायिका केकी गज्जबसँग खुलेका छन् ।

Comment here