मनोरञ्जन

मोडलिङमा जम्दै पत्रकार ऋषि धमला, यसपटक पिताको भूमिकामा देखिए (हेर्नुहोस् भिडियो)

काठमाडौं। पत्रकार ऋषि धमला मोडलिङतर्फ पनि सक्रिय बन्दै गएका छन् । पछिल्लो समय धमला पिताको भूमिकामा देखिएका छन् । नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार आमा बाबा बोलको गीतमा धमला पिताको भूमिकामा देखिएका हुन् । 

भिडियोमा ऋषिसँगै कपिता आले आमाको भूमिकामा र युडी गुप्ता छोराको भूमिकामा देखिएका छन् । विदेशमा काम गर्न गएर ज्यान गुमाउने नेपाली युवाको कथावस्तुलाई समेटेर यो गीत तयार पारिएको हो । गीतका शब्द जोया श्रेष्ठले लेखेकी हुन् । 

धमलाले मोडलिङ गरेको यो पहिलो पटक होइन । यसअघि उनकै विषयमा बनेको गीतमा पनि धमलाले मोडलिङ गरेका थिए । धमलाकी श्रीमती एलिजा गौतम पनि हिरोइन हुन् । 

Comment here