अन्तर्वार्ताफिचरसामाज

“नारायणहिटी दरवार हत्याकाण्ड रियालिस्टिक थ्योरी अनुसार भएको थियो” किशोर नेपाल, बरिष्ठ पत्रकार

हुन त बरिष्ठ पत्रकार किशोर नेपालसँगउहाँ कै निवासमा यो अन्तरवार्ता लिँदा प्रचण्ड सत्ता मै थिए । प्राविधिक कारणले तत्काल यो अन्तरवार्ता प्रकाशितहुन सकेन । प्रचण्डपनि सत्ताबाट बाहिरिए । तर उनको टाउकामा हत्या, हिंशा र अपहरणका कैयनआरोपहरु पखालिएका छैनन् । उनको गणतन्त्र मिशनपनि नेपालमाअझै स्ट्याब्लिशभएको छैन । माओबादीवायसका नेताहरुको भविष्य के हो त ? हेगको इन्टरनेशनलक्रिमिनल कोर्ट (आइसिसि)ले कार्वाहीगर्ने कुराहरु पनिदन्त्यकथा भैसके । रोम विधानअन्तर्गत गठित आइसिसिलाई सन् २०१५ सम्ममा १ सय २३ देशहरुले स्विकारिसकेको भएतापनित्यसलाई नेपालले रेटिफाइ गरेको छैन । आइसिसिले अन्र्तराष्ट्रिय रुपमा जेनोसाइड, युद्द अपराध र मानवताविरोधीअपराधहरुमाथि अनुसन्धान र कार्वाही गर्छ । तर नेपालले हेग कन्भेन्सनलाई रेटिफाई नगरेको हुँदाआइसिसिले नेपालकामाओवादीहरुको सन्दर्भमा केहीपनिगर्दैन वागर्न सक्दैन भन्ने धारणाहरु प्रवल छन् । प्रस्तुत छ, यसै विषय र अन्यजल्दाबल्दा राजनीतिकमामिलाहरुमाथि बरिष्ठ पत्रकार नेपालसँग लिलाराज खतिवडाले लिएको अन्तरवार्ताका प्रमुखअंशहरुः

हेगले समात्दैन त प्रचण्डलाई ?
यो प्रचण्डलाई हेगले किन समात्ने ? मैले नबुझ्या क्वेश्चन, प्रचण्डलाई समात्दै जाने हो भने, संसारमागुरिल्लावार गर्ने, कम्युनिस्ट अथवा डेमोक्रेटिक क्रान्तिगर्ने धेरै मान्छेहरुलाई समात्नु पर्ने हुन्छ ।
ती सबैलाई समात्न के गाह्रो भयो त ?कतिजना छन् त्यस्ता मान्छेहरु संसारभरि ?
प्रचण्डको टाउकोमाहामीले १७हजार मान्छे मारेको जशदिईरहेका छौं नि, त्यो नै गलत छ ।
मारेको होईन र ?
१७हजार उसले कहाँमारयो त ?
कतिजनाचाहिँमारेको हो त ?एकजनामारे पनिहत्या त हो नि, होइन र ?
स्टेटले पनि त मारयो नि ।
स्टेटलाई पनिकार्वाहीहोला । तर मेरो सवाल के हो भने, चाहे जे बहानामाहोस्, प्रचण्डले एक जनामात्रै मान्छे मारेको भएपनिकार्वाही त हुनु पर्ने हो निहोइन र ?
कुरो के हो भने, परिवर्तनको लागिभनेर उसले काम गरयो । ऊसँगथ्योरी थियो । उसको इन्टरप्रिटेशन खराब भयो होला, तर परिवर्तनको लागि मैंले यो गरया हुँभनिसकेपछि त्यसलाई ब्यक्तिहत्यातर्फ लानु हुँदैन ।
त्यसो भए, परिवर्तनकालागिहत्या, हिंशा, बलात्कार जे गरे पनि हुन्छ त ? के यो युग सुहाउँदो कुरो हो ? परिवर्तनको लागिमानौं म यो देशलाई चारै तिरबाट लक गरेर ध्वस्तगर्न चाहन्छु । अनि फेरि नयाँश्रृजनागर्न चाहन्छु । हुन्छ ?
हुन्छ । सके गर्दा हुन्छ । ट्राइ गर्नु पर्छ त्यो । किनभने, अहिले हामी राज्यको पुनरसंरचना, पुनरसंरचना भन्छौं नि, ब्हाट इज दिस ?आखिर पुनरसंरचनागर्न त गाह्रो रहेछ नि । तर अब अहिले प्रचण्डलाई के भनूँ? अरु राजनीतिज्ञ जस्तो ठालु पल्टिएर बसेका छन् ।
मूलप्रश्न, हेगले समात्दैन त प्रचण्डलाई ?
समात्दैन ।
आर यु स्योर ?
आइएम भेरी मच स्योर ।
त्यसो भए प्रचण्ड र डा. बाबुरामका टाउकामाथि हत्या, हिंशाका कैयन मुद्दाहरु किनतपशिल छन् ?
जे भएपनि हेगआउँदैन । हेगमाउनीहरुकाखिलाफ कसैले उजुरी नै गरेको छैन । भएको के हो भने, नेपालमा मिडिया अत्यन्तै स्वतन्त्र छ । उच्छृंखल छ । अनिअसाध्यै संक्रमित छ । त्यसैले हामीले सही सूत्रधार दिन सकिरहेका छैनौं । हेग र प्रचण्डको केशमाभएको पनित्यहीहो । यसमाप्रोपोगाण्डा ज्यादाभएको छ ।
प्रसंग बदलौं, नेपालको राजनीतिलाई रिभ्यु गर्ने हो भने, जंगबहादुर राणाको अवशानभएको रातदेखि आउनु पर्ने हो ?
नेशनल स्टेटको रुपमा नेपालको आइडेन्टिफिकेशन नै भैसक्या छैन ।
किन?
मूल कारण त दरिद्रता नै हो । दरिद्रताले शिक्षालाईपनिअवशर दिंदैन । सुरक्षालाईपनिअवशर दिंदैन । समग्रमादरिद्रताले केहीलाई पनिअवशर दिंदैन । अवशर नपाएपछि, बोल्ड्ली कसैले आफूलाई प्रिजेन्ट नै गर्न सक्दैन ।
नेपालको दरिद्रता स्टेटद्वारा लादिएको (इन्ड्युस्ड पोभर्टी) होइन र ?
त्यसो त यसका कैयन लेयर्सहरु छन् । त्यो महत्वपूर्णहोइन । कुरो के हो भने, जसरी समृद्धिका धेरै प्रकारहरु हुन्छन् त्यसरी नै दरिद्रताकापनि धेरै प्रकारहरु हुने गर्दछन् ।
मेरो प्रश्न,नेपालको दरिद्रता स्टेटद्वारा लादिएको हो ?
लादिएकै हो नि । २ सयजना मान्छेसँग मात्रै टन्न पैसा भएपछि लादिएको होईन त ?
फ्रिमार्केट इकनमीको एउटा अवगुण पनिहो गरिबी?
फ्रिमार्केट इकनमीसँग यो गरिबीको कुनै साइनो छैन ।
केसँग छ त ?
ग्रिड (लोभ) सँग छ ।
दरिद्रतायदिलोभका कारण भएको भएको हो भने, देशलाई बुद्ध चाहियो डिल गर्न । होइन?
(हाँसो) खासमा डेड दुइ सय जना एलिटहरुसँग मात्रै धन थुप्रिएपछि ….
एलिट कि माफिया?
चाहे जे भनौं, कुरो एकै हो ।
अलिक पुरानो प्रसंग, सन् २००१ को नारायणहिटी दरबार हत्याकाण्डको पर्दाफास होला कि नहोला?
राजा, महाराजाहरुका दरबारमाहुने यस्ता हत्याकाण्डहरु नेपालमा धेरै भैसकेका छन् । राणाहरुकापालामा, शाहवंशकापालामा अनेक हत्याकाण्डहरु भएका छन् । नेपालको दरबार अभिशप्त दरबार हो । सन् २००१ मा राजा कै परिवार सखापपार्नु भनेको ठूलो अभिशापहो । यस्ता अभिशप्त कुराहरु रहस्य कै गर्भमा रहन्छन् । रहस्यखोल्ने होइन, यो रहस्यलाई पोको पारेर राख्ने भनेर सहमतिगरिसके यिनीहरुले ।
के त्यो सब एउटा कन्स्पिरेसी थ्योरी अनुसार रचिएको थियो ?
कन्स्पिरेसी थ्योरी होईन, राजनीतिमा यो नै रियालिस्टिक थ्योरी हो । भर्चुअल्लीजाने हो भने, कन्स्पिरेसी हुन सक्ला । तर ठाडो भाषाप्रयोगगर्ने हो भने त्यो सब रियालिस्टिक थ्योरी अनुसार नै भएको थियो ।
भनेपछि, यदि कसैले दरबार हत्याकाण्डको अनुसन्धानभ्यायो भने, रिपोर्ट होईन, उपन्यास लेख्नु परयो होईन त ?
त्यहाँ के अनुसन्धानगर्ने ? च्याप्टरै क्लोज भैसक्यो । त्यस बारे उपन्यास त एउटा मात्रै होईन पाँच, छ वटै लेख्नु पर्छ ।
के त्यो सबै गोरखनाथको भविष्यवाणी मुताविकशाहवंश स्वयम्ले नै रचेको एउटा सुसाइडल रेस्क्यू अपरेशन त थिएन? भविष्यवाणी अनुसार शाहवंशको आयु तेह्र पुस्तामात्रै निर्धारित जो थियो ।
हुनपनि सक्छ, नहुनपनि सक्छ । (केही बेर मौन) आइ डन्ट नो । आइ रियल्ली डन्ट नो ।
अब नेपालको भबिष्य कस्तो हुन्छ ?
इट ह्याज अ गुड फ्युचर ।
कसरी ?
एक्स्ट्रिम पनि सकिन्छ एक दिन । एक्स्ट्रिम जहिल्यै पनि रिभर्स हुन्छ । अनि त्यसपछि नयाँयुगको प्रारंभ हुन्छ । राणाहरुको एक्स्ट्रिम सात सालले रिभर्स गरयो । त्यसपछि केही समय राम्रै भयो । शाहहरुले राणाहरुलाई बढारे । बढारे भन्दापनि रिप्लेस गरिदिएकाथिए ।
सत्तामाहुँदा समेत डा. बाबुरामले धेरै पटक नेपालमा दोस्रो जंगबहादुर रिलोड हुँदैछ भने । यहाँसम्म कि नयाँतानाशाहलाई रेड कार्पेट ओछ्याइएको कुरा पनिउनले धेरै गरे । को हो त्यो दोस्रो जंगबहादुर, तपाईंलाई केहीथाहा छ कि ?
कम्युनिस्टहरुको जातै प्रोपोगाण्डा गर्ने हो । उनीहरु प्रोपोगाण्डामा बाँच्छन् र प्रोपोगाण्डामा नै सकिन्छन् पनि ।
नेपाली कम्युनिष्टहरुलाई विदेशीएजेन्टको आरोप पनिलाग्ने गर्छ नि?
इन्टरनेशनलफोर्स हो । (हाँसो) अब एजेन्ट किनभनिहालौं ? बट दे आर नट नेशनलिस्ट । कम्युनिस्टहरुको कुनै नेसनालिटी हुँदैन ।
नेपालहिन्दु राज्यहोला कि बुद्ध राज्य?
हिन्दु राज्य नै हुन्छ ।
कहिलेसम्म हुन्छ त ?कमलथापाहरु हिन्दु धर्मका पण्डित हुन् ?
पण्डित त कोहीपनिहोइनन् । सबदलालहुन् ।
नेपाललाई बरु बुद्ध राज्यबनाउँदापो गज्जवहुन्थ्यो कि ?
बनाइदिउँ न त बनाइदिउँ, बुद्ध राज्य नै बनाइदिउँ । (हाँसो)

 

Comment here