मनोरञ्जन

गायिका बसन्ती लिम्बु र कुमार दुमिको”किराती छोरी”सार्वजनिक

इटहरी / गायक तथा संगीतकार कुमार दुमिको संगीतमा रहेको गीत सुमधुर आवाजकि घनी गायिका बसन्ती लिम्बु र कुमार दुमिको युगल शब्दमा रहेको गीत ” किराती छोरी ” भर्खरै मात्रै बजारमा आएको छ ।

कुमार दुमिले संगीत गरेको गीतमा परेवा ठुगा ठुगबाट चर्चामा आउन सफल गायिका बसन्ती लिम्बुले आवाज भरेकी छिन । गीत संगीतको क्षेत्रमा एउटा फराकिलो आकासको चम्किलो तारा भन्दा फरक नपर्ला अहिलेको समय भने संगीतकार कुमार दुमि र गायिका बसन्ती लिम्बु निक्कै नै ब्यस्त छन ।

आफु लिम्बु भएर पनि गायिका बसन्ती लिम्बुले राई किरातीहरुको सस्कृती झल्किने गीत ” किराती छोरी ” राई किरातीहरुको महान चाड उधौली उभौलीको पवन अवसर पारी संगीतकार कुमार दुमिको आफ्नै च्यानलबाट सार्बजनिक गरेका छन । जसमा कुमार दुमिको संगीत रहेको छ । कुमार दुमि र बसन्ती लिम्बुको युगल शब्द रहेको छ भने एरेन्ज अशोक लोहोरुङको रहेको छ |

Comment here