सामाज

गुण्डा नाइके ‘राधे’ धादिङबाट पक्राउ

काठमाडौं । गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) पक्राउ परेका छन्। प्रहरीको खोजी सुचीमा रहेका राधे धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ परेका हुन् ।

उनको सातबाट हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । हतियार देखाएर स्थानीयलाई त्रास देखाएको सूचना पाएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो । उनी धादिङको गजुरी २ मलेखु बजारबाट माथि ताल्ती जाने बाटोमा थिए।

नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष रहेका उनी विगत लामो समयदेखि गुण्डागर्दी कार्यमा संलग्न थिए । उनले प्रहरीलाई देखेपछि प्रहरीलाई नै लक्षित गरी फायर गरेका थिए । जसबाट प्रहरीको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके स्वर्गीय दिनेश अधिकारी (चरी)माथि गोली प्रहार गरेर पक्राउ परेका उनी केहि समयमा छुटेपनि अपराध महासाखाको वारेन्ट सुचीमा थिए ।

Comment here