भिडियोमनोरञ्जन

गायक तथा संगीतकार पवन ओलीको ‘माछी बस्यो’ सार्वजनिक

काठमाडौं । लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार पवन ओलीको अर्को गीत बजारमा आएको छ। गायक पवन ओली र चर्चीत गायिका विष्णु माझीको स्वरमा रहेको ‘माछी बस्यो’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको हो।

उक्त गीत गायक पवन ओलीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गायक पवन ओलीको आफ्नै उत्कृष्ट शब्द संगीत रहेको गीतमा आशीष अविरलले संगीत संयोजन गरेका छन्। उक्त लोक दोहोरी गीतको भिडियोमा रबिन्द्र प्रताप सेन र सृष्टि खड्काको अभिनय रहेका छ।

भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन्। केही दिन अघि मात्र युट्युब मार्फत सार्बजनिक गरिएको यो गीतलाई हालसम्म सातलाख बढीले हेरिसकेका छन् भने यो गीत तथा म्यूजिक भिडियोको प्रशंसा गर्दै करिब आठसय जनाले प्रतिक्रिया जाहेर गरेका छन् ।

हेर्नुहोस् भिडियो

Comment here