सामाज

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्धv

चितवन। पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन्।

Comment here