मनोरञ्जन

सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम

काठमाडौं। चर्चित भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्सु को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल मा पर्न सफल भएका छन्।

टप ९ का अन्य सहभागीलाई उछिन्दै दुवै फाइनलमा पुगेका हुन्। उनीहरूसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन्। अब उनीहरूको फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्सबाट निर्धारण हुनेछ।

प्रतियोगितामा भारतभरिका कुल २० हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै उनीहरू फाइनलको यस चरणमा पुगेका हुन्। सेमिफाइनल पर्फपमेन्समा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनीत फÞिल्म ‘हम दिल दे चुके सनम’बाट इस्माइल दरबार को संगीत रहेको र केकेले गाएको ‘तड़प तड़प के इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुषले ‘क्रिमिनल’ फÞल्मीको कुमार सानुले गाएको ‘तुम मिले दिल खिले’ भन्ने गीत गाएका थिए।

कार्यक्रममा जजहरू गायकद्वय शान र अमाल मलिक तथा गायिका रिचा शर्मा एवं अतिथि गायकर संगीतकार आनन्दराज आनन्दलगायत १२ जुरी मेम्बरले ठूलो प्रशंसा गर्दै दुवैलाई स्टेजमा पुगि उचालेको दृश्य आफैंमा रोमाञ्चित हुने खालको थियो । ‘कलिङ राउण्ड’ अनि ‘मेगा अडिसन’ राउण्ड हुँदै उनीहरू टप ११, टप ९ ९सेमिफाइनल हुँदै अब फाइनलसम्मको यात्रा तय गर्न सफल भएका हुन्।

Comment here