समाचार

ठमेलमा आयोजित चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा:आयोजक पक्राउ

काठमाडौँ । शनिवार ठमेलमा आयोजित चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा परेको छ ।

शनिबार कक्करको कार्यक्रम हेर्न ठमेल पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए ।

२५ सय दर्शक क्षमताको क्लबमा आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादमा परेको हो ।

कन्सर्टका लागि २,५०० इन्ट्री फि देखी टेवल वुक गर्दा २,५०,००० सम्मको रेट राखिएको थियो ।

कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक ब्यक्तीलाई पक्राउ गरेको हो ।

Comment here