भिडियोमनोरञ्जन

प्रविशा अधिकारी र हेम तामाङको  “लाखौ सपना” सार्वजनिक

काठमाडौं।लोकप्रिय गायिक प्रविशा अधिकारी र गायक हेम तामाङको  “लाखौ सपना”  बोलको गीत सार्वजनिक भएको छ । गायक हेम तामाङको नै शब्द रहेको उक्त गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने उदय राज पौडेलको एरेंज रहेको छ । माया पिरतीको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुसँगै मर्ने जिउने कुरा गरिएको छ ।

 

नायक आकाश अधिकारी र नायिका बर्षा सिवाकोटीको अभिनय रहेको उक्त गीतको भिडियो नबराज उप्रेतीले छायाँकन गरेका हुन् । गीतको भिडियोमा नायक आकाश अधिकारी र नायिका बर्षा सिवाकोटीलाई प्रेमी प्रेमीकाको रुपमा देखाइएको छ भने रोमान्टिक बन्दै देख्न सकिन्छ । राज महर्जनको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई टेकेन्द्र शाहले संपादन गरेका हुन् ।

Comment here