भिडियोमनोरञ्जन

गायिका अन्जु पन्त र कर्णराज गिरीको  “जिन्दगी खास”बोलको गीत सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको  “जिन्दगी खास”   बोलको गीत सार्वजनिक भएको छ । मुक्त उदासको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने महाराज थापको एरेंज रहेको छ । माया प्रेमका गीत गाएर सबैको मनमा बस्न सफल गायिका अन्जु पन्तको उक्त गीत ‘जिन्दगी खास’मा पनि माया प्रेमको नै भाव समावेश गरिएको छ भने मायालाई बहुमूल्य भनिएको छ ।

 

नायिका सुपुष्पा भट्ट र रोहित थापाको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । गीतको भिडियोमा नायिका सुपुष्पा भट्ट र रोहित थापालाई एक माया गर्ने जोडीको रुपमा देख्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । गीतमा राजिव समरको करियोग्राफी रहेको छ ।

Comment here