भिडियोमनोरञ्जन

चलचित्र ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को  “मदारी” गीत सार्वजनिक

काठमाडौं ।  फिल्म ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को  “मदारी”  बोलको गीत सार्वजनिक भएको छ । भिसाल दडलानी र बिकिता गान्धीको स्वर रहेको उक्त गीतमा अनभित दत्तको शब्द रहेको छ भने अमित त्रिभेदीको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धनुषलाई फिर्चड गरिएको छ । गीतको भिडियोमा धनुषलाई नृत्य गर्दै देख्न सकिन्छ ।

 

दक्षिण भारतीय फिल्म स्टार धनुष अभिनित उक्त फिल्म रोमनको ‘पुर्टोलस्’ नामक चर्चित पुस्तकमा आधारित रहेको छ । पेरिस यात्रामा रहेको एक भारतीय जादुगरको वरिपरि घुमेको फिल्मको निर्देशन केन स्कार्टले गरेका हुन् । फिल्ममा धनुषका अलवा बेर्निस बेजो, आयन मोरार्टी, बार्काड अब्दी, बेन मिलर, जेरार्ड जुनौट, अर्मुत सन्त, हार्दिक सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Comment here