भिडियोमनोरञ्जन

चलचित्र प्रेम दिवस” को  “माया गर्छु तिमीलाई”  बोलको गीत सार्वजनिक

काठमाडौं ।  फिल्म “प्रेम दिवस” को  “माया गर्छु तिमीलाई”  बोलको गीत सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र गायक सुरेश लामाको शब्द रहेको उक्त गीतमा डा.कृष्ण हरि बरालको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ ।  मायाा प्रेमका भाव समावेश गरिएको उक्त गीतमा दुई प्रेमीको मनको भाव समावेश गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र बिशाल खरेललाई फिर्चड गरिएको छ । भिडियोमा प्रियंका कार्की र बिशाल खरेललाई एक माया गर्ने जोडीको रुपमा देख्न सकिन्छ भने रोमान्टिक बन्दै देख्न सकिन्छ ।

 

 

केहि समय अघि फिल्मको ट्रेलर , शिर्ष गीत तथा ‘तिम्रो छेउ सरुँकी म’ र ‘बरु अर्को जुनी’ बोलको गीतहरु सार्वजनिक भएको थियो भने अहिले माया गर्छु तिमीलाई बोलको गीत सार्वजनिक भएको छ । फिल्मका सार्वजनिक गीतहरु र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी र बिशाल खरेलको मुख्य भूमिका रहेको छ । विशाल खरेलले यो फिल्मबाट डेब्यू गर्दैछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म “प्रेम दिवस” मा वास्तविक जीवनमा प्रेममा रहेका नायिका प्रियंका कार्की र नायक आयुषमान जोशीलाई प्रेमीको रुपमा देख्न सकिन्छ ।

 

फिल्ममा सञ्जय न्यौपानेको लगानी रहेको छ । निर्देशक योगेश घिमिरे निर्देशित प्रेम दिवस फिल्ममा दीप भारद्धाजको कथा, पटकथा तथा संवाद, बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत, मानकृष्ण महर्जनको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन रहेको छ । फिल्म आगामी जेष्ठ ३१ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

 

 

 

Comment here