समाचार

चट्यांङले आगलागी हुँदा बाँकेमा ३९ घरधुरी जले

बाँके– बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा बुधबार हावाहुरीसंगै परेको चट्यांङले आगलागी हुँदा ३९ घर–टहरा जलेर नष्ट भएका छन् ।

दिउसो रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । चट्याङ लागेर यादवकी १६ वर्षीया छोरी नन्कु गम्भीर घाइते भएकी छिन ।

फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगोले छोट्की चौफेरीका सबै घरगोठ जलेका छन् । आगलागीबाट मानविय क्षती नभएपनि अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको डीएसपी सापकोटाले जानकारी दिए ।

आगलागीबाट करिव ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ । सबै घरगोठ जलेपछि आगो आफै नियन्त्रणमा आएको स्थानीयले बताए । यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं. ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ ।

स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

Comment here