स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरको अचुक औषधि – डल्ले खुर्सानी

तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

 

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ ।

‘डल्ले खुर्सानी’ले सुन्दरी नम्रता:

नायिका नम्रता श्रेष्ठको सुन्दरताको प्रशंसक धेरै छन् । नम्रतालाई दर्शकले रुचाउनुको एउटा कारण उनको सुन्दरता पनि हो । यसैले पनि होला नम्रता आफ्नो सुन्दरतामा बढी ध्यान दिन्छिन् । आखिर नम्रताको सुन्दरताको राज के त ? यो कुरा उनलाई नै थाहा छैन ।

 

योगा गर्ने, ध्यानमा बस्ने बानी त उनमा छ । तर, अरु कुरामा खासै हेक्का राख्दिनन् । नम्रता अहिले क्लब जान थालेकी छिन् । आफूलाई मेन्टेन गर्न उनी क्लब जान थालेकी हुन् । तर, नम्रताले सुन्दरताको राज आफूलाई थाहा नभएपनि ‘डल्ले खुर्सानी’ सधै खाने गरेको सुनाइन् । के नम्रता सुन्दर हुनुमा ‘डल्ले खुर्सानी’को भूमिका धेरै छ त ?

Comment here