भिडियोमनोरञ्जन

‘पासवर्ड’ को गीतमा सनी लियोनीको यस्तो डान्स (भिडियो सहित)

काठमाडौं – बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले नाचेको नेपाली फिल्म ‘पासवर्ड’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘आजको साम’ बोलको गीतमा सनी लियोनीसँग अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ । गीतमा सनीकै शीर्ष भूमिका रहेको छ । क्लब डान्समा समावेश यो गीतमा अर्जुन पोखेलको संगीत छ भने दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको यो गीतमा सनी लियोनीले कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । यस्तै भिडियोमा विक्रम जोशीले पनि कम्मर मर्काएका छन् । भिडियोमा सनी आर्कषक रुपमा प्रस्तुत भएकी छिन् ।

सनी लियोनी, अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।फिल्मले भदौ २७ लाई रिलिज मिति तय गरेको छ ।

 

 

Comment here