भिडियोमनोरञ्जन

गायिका अन्जु गौतम र कमल कान्त बेटौलाको “काउली फुल्ने बन्दा बेरीनी” सार्वजनिक

काठमाडौं।कमल कान्त बेटौला र अन्जु गौतमको  “काउली फुल्ने बन्दा बेरीनी”  बोलको गीत सार्वजनिक भएको छ । राज कुमार बगरको शब्द तथा संगीत रहेको उक्त गीतमा कमल सौरागको एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो प्रेमीको बयान गरिएको छ ।

 

कमल सिंह र ज्योती खड्काको अभिनय रहेको उक्त गीतको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन् । बिक्रम चौहानको निर्देशन तथा कोरयोग्राफीमा तयार भएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले संपादन गरेका हुन् ।

Comment here