मनोरञ्जन

“कबीर सिंह”को “केसे हुवा” बोलको गीत सार्वजनिक

बलिउड फिल्म “कबीर सिंह”को “केसे हुवा” बोलको गीत सार्वजनिक भएको छ । भिसाल मिश्राको स्वर , संगीत तथा एरेंज रहेको उक्त गीतमा मनोज मुटासिरको शब्द रहेको छ । उक्त गीतमा नायक शाहिद कपुर र नायिका कियारा आडवाणीलाई फिर्चड गरिएको छ । गीतको भिडियोमा नायक शाहिद कपुर र नायिका कियारा आडवाणीलाई माया गर्ने जोडीको रुपमा देख्न सकिन्छ ।

फिल्ममा नायक शाहिद कपुर र नायिका कियारा आडवाणीको अभिनय रहेको छ । फिल्मका निर्देशक संदीप वांगाले हुन् । फिल्ममा आरिफ सेख्कको संपादन रहेको छ भने शानथाना कृष्ण रविचन्द्रको छायाँकन रहेको छ । । फिल्म आगामी जून २१ गतेबाट रिलिज हुँदै छ ।

 

Comment here