मनोरञ्जन

बूगी वूगी’ विजेता बनेकी कविता प्रहरीको बर्दीमा

काठमाडौं– डान्स रियालिटी शो ‘बूगी वूगी’ बिजेता बनेकी कविता नेपाली नेपाल प्रहरीको बर्दीमा देखा परेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल प्रहरीको युनिफर्म लगाएका दुई वटा तस्वीर पोस्ट गरेकी छिन् ।

बूगी वूगीको विजेता बनेसँगै उनको मोडलिङ यात्रा शुरू भएको हो ।  त्यसयता उनको अभिनय रहेका आधुनिक तथा लोक गीतहरू बजारमा धेरै आएका छन्र । उनी अहिलेकी चर्चित मोडलका रुपमा समेत स्थापित भएकी छिन् ।

 

पहिले–पहिले कभर भिडियोहरुमा डान्स गर्दै आएकी कविता आफ्नो रहर भने सानैदेखि नेपाल प्रहरी बन्ने रहेको बताउँछिन् । उनले फेसबुकमा ‘जय नेपाल’ लेख्दै दुई वटा तस्वीर पोस्ट गरेपछि विभिन्न खालका कमेन्टहरु समेत गरिएका छन् |

 

Comment here