मनोरञ्जनसमाचार

प्रेमकथानक फिल्म“लभ यु हमेशा” को फस्टलुक पोस्टर सार्वजनिक

प्रेमकथानक फिल्म “लभ यु हमेशा” को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आइडियल डिजाइनर्सले डिजाइन गरेको सार्वजनिक पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई फिर्चड गरिएको छ । फस्टलुक पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

फिल्म “लभ यु हमेशा” को फस्टलुक पोस्टर सँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । फिल्म “लभ यु हमेशा” भदौ ६ गतेबाट प्रदर्शन हुँदै छ । भाष्कर प्रधानको निर्देशन रहेको फिल्ममा निर्देशक भास्करको नै कथा रहेको छ ।

 

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारको अभिनय रहेको छ । भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा छायाँकन गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा छायाँकन हुँदै छ ।

शिब ढकालको छायांकन रहेको उक्त फिल्ममा एनबि महर्जनको द्धन्द्ध निर्देशन , भासुको संगीत , कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

Comment here