भिडियोमनोरञ्जन

फिल्म सानो मनको अफिसियल ट्रेलर सार्वजनिक

फिल्म सानो मनको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा आयुष्मान देशराज जोशी र शिल्पा माश्केको प्रेमसँगै शिल्पालाई एक गायिकाको रुपमा पनि देखाईएको छ । फिल्मको रानु कम्मर बोलको गीतले युट्युबमा राम्रो भिओर्स बटुल्दैछ ।

फिल्म सानो मन सुयोग गुरुङको डेब्यू निर्देशित फिल्म हो । म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्मलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले सयुंक्त निर्माण गरेका हुन् । फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको कथा रहेको छ । फिल्मको छायाँकन काठमाडौं, भैरहवा, हङकङ र मकाउमा भएको हो ।

रित बोहरा मुख्य सहायक निर्देशक रहेको उक्त फिल्ममा आलोक शुक्लाको छायांकन रहेको छ । ओ.पि.जी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्केसँगै गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म असार २० गते बाट अल नेपाल रिलिज हुँदैछ ।

 

Comment here