मनोरञ्जन

डेब्यु एक्टरको जिम्मेवारी साम्राज्ञी माथी ?

अहिले रजतपटका हिरोइनमा कसैको स्टारडम छ भने त्यो साम्राज्ञी राज्यलक्ष्मी शाहकै छ । उनको स्टारडमलाई उपयोग गर्न निर्माताले उनलाई १६ लाखको बोली लगाउछन् ।‘ड्रिम्स’बाट रजतपटमा उदाएकी साम्राज्ञीको दोस्रो फिल्म थियो, ‘ए मेरो हजुर २’ । उक्त फिल्म झरना थापाको निर्देशनमा डेब्यू थियो । निर्मातालाई साम्राज्ञी चाहिएको थियो । उनको तेस्रो फिल्म थियो ‘तिमीसँग’, जहाँ शिशिर राणाले निर्देशनमा पाइला चाल्दै थिए । उनले डेब्युलाई सम्झन लायक बनाउन साम्राज्ञीलाई फिल्ममा लिएका थिए ।

साम्राज्ञीको अभिनय यात्रामा चौँथो फिल्म थियो ‘कायरा’, जहाँ चक्लेटी नायक आर्यन सिग्देल पनि थिए । त्यतिवेला आर्यन खस्केको क्रेजलाई फर्काउने ध्याउन्नमा थिए । साम्राज्ञीको पाँचौ फिल्म थियो ‘इन्टु मिन्टु लन्डनमा’, जहाँ कोरियोग्राफर रेनशा बान्तावा राईले निर्देशनमा पाइला चाल्दै थिइन् । त्यस्तै धिरज मगर पनि रजतपटको लागि नौलो थिए ।

 

साम्राज्ञीको छैटौँ फिल्म ‘रातो टीका निधारमा’मा छायाकंनमा छ । यस फिल्मबाट निर्माता तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन् । कुनै न कुनै रुपमा साम्राज्ञीले हरेक फिल्ममा नयाँ जिम्मेवारी पाएकी छिन् । अभिनय मात्र नभएर अरुको लागि पहिचान स्थापित गर्नको लागि पनि उनको जिम्मेवारी रहन्छ ।

पहिलो फिल्मबाट नै उनी लाइमलाइटमा आएकी थिइन् । उनलाई आफु सुरक्षित बन्न निर्माताले लगानी गरिरहेका छन् । उनले आफ्नो लागि मात्रै आफुसँग जोडिएका को स्टारहरुलाई सफल अवतरण गराउनु पर्ने जिम्मेवारी लिदैं आएकी छिन् । पहिलो फिल्म ड्रिम्समा भने उनलाई अनमोल केसीले सफल अवतरण गरिदिए । उनको कामले पनि निकै प्रशंसा पायो । त्यसयता उनले सलिनमान बँनिया, आकाश श्रेष्ठ, धिरज राई हुँदै अब अंकित शर्माको सफल अवतरणका लागि मिहेनत गर्दैछिन् ।

Comment here