मनोरञ्जन

‘आप्पा’ को ‘साउने झरी’ बोलको गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘आप्पा’ को ‘साउने झरी’ बोलको गीत सार्वजनिक भएको छ । विज्ञान बराइलीको स्वर रहेको गीतमा अनमोल गुरुङ र सैकत देवले संगीत भरेका छन् । गीतको शब्द लेखन उमेश उपमाको छ । भिडियोमा दयाहाङ राई र रोनित सरकार फिचर्ड छन् ।

असार १३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मले एक छोरा र पिताको सम्बन्धको कथा भन्छ । अनमोल गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङले आप्पाको भूमिका निर्वाह गरेका छन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् ।

रुदेन सादा लेप्चाको लगानी रहेको फिल्ममा सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । निर्देशक गुरुङको कथा रहेको फिल्ममा उनको र उमेश उपमाको पटकथा तथा संवाद छ । शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा छ ।

Comment here