भिडियोमनोरञ्जन

गायिका बिष्णु माझी र गायक मोहन खड्काको “ए तिम्रो माया” सार्वजनिक

चर्चित लोकप्रिय गायिका बिष्णु माझी र गायक मोहन खड्काको  “ए तिम्रो माया”  बोलको गीत सार्वजनिक भएको छ । विमल अधिकारको शब्द रहेको उक्त गीतमा गायक मोहन खड्काको सगीत रहेको छ भने विमल बाजुरालीको एरेंज रहेको छ । माय प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतमा माया बिना बाँच्न नसकेको कुरा गरिएको छ । फरक शैलीमा रहेको उक्त गीत भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ ।

 

विमल अधिकारी , सारिका केसी , अभिनेता सुनिल थापा , रश्मि भट्ट , जमेष बिसी , बि.पाण्डे र रमेश अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको भिडियोमा विमल अधिकारी रसारिका केसीलाई चोखो माया गर्ने प्रेमी प्रेमीकाको रुपमा देख्न् सकिन्छ भने उनीहरुको बिछोडको पिडालाई प्रस्तुत गरिएको छ । कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

 

https://youtu.be/tZTqUjE0uQg

 

Comment here