मनोरञ्जन

पहिलोबाट राम्रो प्रतिक्रिया आएपछि प्रविन बरालले फेरि यसै हप्ता मात्र २ वटा म्युजिक भिडियोमा अभिनय गर्ने

गत हप्तामात्र चर्चित गायक सत्यराज आचार्यको गीत ‘मधुर मिलन’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका मोडेल प्रविन बरालले फेरि यसै हप्ता मात्र २ वटा म्युजिक भिडियोमा अभिनय गर्ने भएका छ्न। पहिलो भिडियोमै गरेको अभिनय राम्रो भएपछि उत्साहित बनेका मोडेल बरालले अब चर्चित गीतकार डा. डी आर उपाध्यायकै रचना रहेको २ गीतहरुमा अभिनय गर्ने तय भएको हो भिडियोको निर्देशन प्रहिल कार्कीले गर्ने छन । झापा घर भई अस्ट्रेलियाको सिड्नीको युर्निभर्सिटीबाट सफ्टवेयर इन्जीनियिंग गरेका प्रविन बराल हाल एजुकेसन काउन्सलरको रुपमा चिनिन्छन ।

Comment here