मनोरञ्जन

तय नै नगरि प्रदर्शनको मिति तय गरेको फिल्म ‘प्रेमगीत ३’ को स्टारकाष्ट छान्न सकस

शुटिङको सिजनमा यस वर्ष कम फिल्महरु फ्लोरमा रहेका छन् । ठूला ब्यानरका फिल्महरु कम रहेका छन् । कलाकारहरुको टिम नै तय नगरि प्रदर्शनको मिति तय गरेको फिल्म ‘प्रेमगीत ३’ को स्टारकाष्ट छान्न भने सकस वेहोरिरहेको छ । यद्यपि स्टारकास्ट भने बलियो बन्दै गएको छ । फिल्मका यस अघिका शृङ्खला सफल छन् त्यसैले यस शृङ्खलालाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । यसअघिका सिरिजमा जस्तै यो पटक पनि प्रेमको रुपमा प्रदीप खड्का देखिदैछन् । प्रदीपका यसअघिका पछिल्ला दुई फिल्महरु लगातार असफल भए पछि करियरको ग्राफ घट्न नदिने प्रयासमा रहनेछन् ।


प्रदीपको साथमा लिड रोलमा मनिष राउत फाइनल भएका छन् । मनिष ओस्कार कलेजका विद्यार्थी हुन् । त्यस्तै अर्का कलाकार प्रेम पुरी पनि अनुबन्धित भैसकेका छन् । मण्डला थिएटरक उत्पादन पुस्कर कार्की पनि फिल्ममा रहनेछन् भने निर्माता सन्तोष शेन पनि फिल्ममा देखिनेछन् । प्रदिप खड्काको पिताको भूमिकामा लामो समय देखि महानायक राजेश हमाल रहने चर्चा थियो । जसको लागि फिल्म युनिटले दुई महिनासम्म प्रतिक्षा गरेको थियो । तर लगातारको छलफल पश्चात हमालको समय नमिलेपछि अभिनेता शिव श्रेष्ठ अनुबन्धित भएका छन् ।

 

उनको साथमा  सुनिल थापा पनि फिल्ममा देखिदैँछन् । फिल्मको गीत पात्रको लागि निर्माण युनिटले अडिशन मार्फत शीर्ष ३ जना छनोट भइसकेको र छिट्टै नै गीत पात्र सार्वजनिक गरिने निर्माण युनिटले जानकारी दिएको छ । चैत्र २८ गते रिलिज हुने फिल्मलाई छेतन गुरुङ्ग र सन्तोष शेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । फिल्मका पात्र छान्न सकस भइरहेको फिल्मले दर्शक तान्न भने कुनै सकस नहोस् ।v

Comment here