अन्तर्वार्ताफिचर

इटहरीका मेयरलाई महिलाले यत्तिकै नछाडने [भिडियो ]

मेयरको आपत्तिजनक शब्दबारे
महिला अधिकारकर्मीहरुसँगको सार्थक बहस

आज दिउँसो मैले करीब आठ–दश जना महिला अधिकारकर्मीहरुलाई भेटें, जो नेपालका करीब ६० हजारको संख्यामा रहेका यौनकर्मीको सुरक्षा, स्वास्थ्य अनि समग्र महिला शसक्तिकरणको पक्षमा काम गर्दै आउनुभएको रहेछ । इटहरीका मेयरको तुच्छ शब्द सुनेर उहाँहरु आक्रोशीत हुनुभएको रहेछ ।

अनि हामी छलफलका लागि एक ठाउँमा बस्यौं । मैले सुरुमै उहाँहरुलाई पच्चिस सय वर्षअघिकी नगरबधु आम्रपालीको कथा सुनाएँ र हामीले बहसलाई अघि बढायौं ।

बैशालीकी नगरबधु (यौनकर्मी) आम्रपालीले एक दिन भगवान बुद्धलाई आफ्नो उपबनसहितको भव्य महलमा भोजन ग्रहण गर्न आमन्त्रण गर्नुभयो । बुद्धका निकट अनुयायीहरुले भनेछन्, ‘आम्रपालीजस्ती वेश्याकहाँ तपाइजस्तो महान पुरुष कदापी जानु हुँदैन ।’
बुद्धले भन्नुभयो, ‘प्रेम र सम्मानका साथ बोलाएको ठाउँमा म किन नजाने ? अवश्य जान्छु ।’

बुद्ध आम्रपालीकहाँ जानुभयो । आनन्द र आफ्नो बिराट सौम्य भावका साथ भोजन गरेर फर्कनुभयो ।

सारा जगतले वेश्या भनेर अपमान गरिरहेको बेला त्यो युगकै महान सतपुरुष बुद्ध आफ्नो गृहमा आएर भोजन गरेको त्यो घटनाबाट आम्रपालीमा तत्क्षण रुपान्तरण भयो र उहाँ भिक्षुणी बन्नुभयो ।
हो, हामी बुद्धका देशका बासीले यौनकर्मीहरुलाई ‘रण्डी’ भनेर हेपेर हैन, बुद्धले झैं प्रेम, सम्मान र करुणाको शक्तिले रुपान्तरण गर्न सक्नुपर्छ।#KusumBhattrai
यो भिडियोमा सुनौ न, बाँकी बहस….

 

Comment here