फिचरसमाचार

मेकअप आर्टिष्ट गंगा–जमुनावाट अनाथ तथा असाहयहरुलाई भोजन तथा कपडा वितरण

चर्चित मेकअप आर्टिष्ट गंगा ज्यों श्रेष्ठ तथा जमुना ज्यों श्रेष्ठ असहाय, अनाथ तथा गरीबहरुलाई खाना तथा कपडा वितरण गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नंबर १६ नयाँबजार विष्णुमति पुलनेरको शिव मन्दिर परिसरमा बसोबास गर्दै आएका असहाय, अनाथ तथा गरीबहरुका लागि भोजन तथा कपडा वितरण गर्ने कार्य गंगा र जमुनावाट भएको हो।

करिब ५० भन्दा बढी असहाय, अनाथ तथा गरीबहरुलाई भोजन तथा कपडा वितरण गर्ने कार्य आफूहरुले गरेको जानकारी गंगा–जमुनाले उनीहरुले बताए छन् ।

विगत ६२ हप्तादेखि निरन्तर त्यस स्थानमा भोजन वितरण गर्दैआएका स्थानीय समाज सेवी शाल्जे गुरुङको अगुवाईमा भोजन तथा कपडा वितरण गर्ने कार्य भएको हो। जसमा गंगा–जमुनालाई दर्जनौ सौन्दयकर्मीहरुले पनि साथ दिएका थिए।
भबिष्यमा समेत सदैब यस्ता सामाजिक कार्यमा लाग्ने तथा दिन दुखिहरुको सेवामा समर्पित हुने उनीहरुले बताए ।

Comment here