भिडियोमनोरञ्जन

मेरो ओठमा लाली किन सुहाउन्न, मेरो पाउमा पौजु किन मुस्कुराउन्न ,

मेरो ओठमा लाली किन सुहाउन्न,
मेरो पाउमा पौजु किन मुस्कुराउन्न ,
बुझिदेउ साथी जे देखिन्छु ,
बुझिदेउ सङी म त्यही हु ,

राज लिम्बुको पहिलो साङितिक प्रयासको रुपमा रहेको ” बुझिदेउ ” बोलको गित अहिले युट्युबको OSR digital च्यानलबाट सार्बजनिक भैसकेको छ। राज लिम्बुको आफ्नै शब्द , लय र आवाजमा रहेको ” बुझिदेउ” नेपाली समाजमा तेस्रो लिङी (LGBTIQ)लाई हेरिने दृष्टि र उनिहरुले भोग्दै आएको पिडालाइ असाध्यै भबुक बनी शब्द , स्वर र लयमा भरेको छ।

कुनै बिनादोष प्रकृतिक रुपमा उनिहरुले पाएको जन्म ,जिन्दगीलाई उनिहरु खुलेर आफुले चाहेको जस्तो जिन्दगी जिउने बाताबरण नभै सबै बाट तिरस्कृत र घृणित हुँदै जिउनु पर्ने र स-सम्मान जिउन नपाएको कारण उनिहरुलाइ प्रेम गर्ने समाजको प्रेमिलो भावनाहरु बिरामी झै लडेको , सुतेको र त्यही भवनाहरु , शब्दहरु अब जिउन चाहन्छ्न समेत भनेका छन ।

 

राज लिम्बूको सामाजिक संदेशलाई बुलन्द बनाउन भिडियोमा निर्देशन क्रान्ति के सि , क्यामेरा अजय रेग्मी र इजरायलको तर्फबाट माबो क्रीएशन (सन्तोस माबो) रहेको छ भने सङित सम्योजन -विश्व अधिकारी साथै कलाकारमा लक्षमण चौलागाइ , सावित्री देबी गौतम र मुख्य पात्रको रुपमा समलिङ्गी निरज / आशिक स्वयंले अभिनय गरेका छ्न । राज लिम्वुलाइ सागितिक यात्राको शुभकामना ।

 

Comment here