समाचार

प्रकास सपुतलाई लागेको चोरीको आरोपले पनि चर्चामा

पछिल्लो समय चर्चामा रहेको गीत हो गलबन्दी । धेरैले रुचाईएको गीतको रुपमा मात्र हैन गीतका सर्जक प्रकास सपुतलाई लागेको चोरीको आरोपले पनि चर्चामा छ । धेरैले प्रकाशको प्रगतिले जलेर यो आरोप लागेको भनेका छन् भने केहीले गल्ती गरे कि क्या हो भनेका छन् । नेपाली ग्रामीण समाजमा गाइने रोधी परम्परामा आधारित उक्त लोकभाकालाई यति बेला भने चोरीको बात लागेको छ । सपूतको गीत २०४८ सालमै रेकर्डिङ गरिएको गायक शम्भु राईको ‘आऊ नाचौं साथी हो’ सँग लय मिल्न गएको आरोप लागेको छ ।

गीतको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेको छ । गीतलाई लिएर शम्भु राईले उजरी दिएका छन् । जसमा प्रतिलिपि अधिकार रजिष्टार कार्यलयले अपरि छलफलमा कुरा मिलाउन बुधबार सम्मको समय दिएको छ । अझ जातिय विषयलाई जोडेर सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी भइरहेका छन् । गीतलाई चोरी आरोप आइरहँदा गीतलाई लिएर जातियताको गन्ध मिसाइएको छ ।

सोही विषयलाई लिएर फेसबुकमा एक प्रयोगकर्ताले गरेको नकरात्मक टिप्पणी अहिले भाइरल भइरहेको छ । सुवास मंगोल नामक प्रयोगकर्ताको टिप्पणीको तस्बीर सहित गायक शिव परियारले फेसबुकमा पाँच वाक्य लेखेका छन्–
१) पहिला बल लगाएर तल झार्न खोज्छ बलमा पनि सक्दैन !
२) बुद्धी लगाएर तल झार्न खोज्छ त्यसमा त झन् सक्दैन !
३) अनि सम्बन्धित विधामा अज्ञानी छ कमजोर छ भनि दुस्प्रचार गरेर झार्न खोज्छ त्यसमा त झन् फेल नै खान्छ सक्दैन !
४) त्यसपछि चरित्र हजार मान्छे संग जोडेर चरित्र हत्या गरेर जात देखायो भनेर तल झार्न खोज्छ सत्य कुरा पो सत्य हुन्छ झुट कहिल्यै
सत्य हुँदैन यो त झन् सक्दै सक्दैन
५) अन्तिममा तल झार्ने सबै बाहना सकिएपछि सके सम्म यस्तै गरि अथवा पछाडी आफ्ना दुई चार आसेपासे संग दमाई ,कामि ,हैसियत
भनि हाहाहाह गरेर हाँसेर खिल्ली उडाएर कुरा काटेर तल झार्ने प्रयास गर्छ !

हो म बाँचेको समाज यस्तै छ ! यस्ताहरुबाट के आशा गर्ने ? यस्तो तत्वहरुको बिरुद्दमा अब चुप लागेर बस्ने अवस्था रहेन !
मलाई मेरो जात प्रति सधैं गर्व छ !

उनको उक्त पोष्टमा समाचार तयार पार्दासम्म तीन हजार भन्दा बढी कमेन्ट आइसकेको छ । अधिकांक कमेन्टहरु शम्भु राईको आलोचना गरेका छन् । त्यस्तै सहानुभुतीका कमेन्टहरु पनि आएका छन् ।
यसै विषयलाई लिएर कलाकार जितु नेपालले सामजिक सन्जालबाट अरुको अपमान गर्नु गाली बेईजत गर्नु पनि अपराध हो तुरुन्त यस्ता घटीया कार्यहरु बन्द गरौ भनेका छन् ।

फेसबुकमा लेखेका छन्– ‘चित्त न बुझे आफुलाई लागेकोकुरा सब्य भाषामा भन्न सकिन्छ, कमेन्ट गर्न सकिन्छ । तर अरुको जातलाई लिएर गाली गर्न अपमान गर्न पाईन्न। २२ औं शताब्धीको उच्चतम प्रबिधीमा रमाउने अनि सोच चांही पुरानै राख्ने..? केहो जात भनेको..?’ उनले थप लेखेका छन्–‘काम,योग्यतार क्षमताले मानिस तलमाथी हुनसक्छ तर जातले कोहिपनि ठुलो र सानो छैन। आजै देखी ठुलो जातको भन्ने घमन्ड छोडौं । सामजिक सन्जालबाट अरुको अपमान गर्नु गाली बेईजत गर्नु पनि अपराध हो तुरुन्त यस्ता घटीया कार्यहरु बन्द गरौं ।’

Comment here