भिडियोमनोरञ्जन

गायक उज्जवल केसी र जुना श्रीस मगरको तीज गीत “भन के लाउली” बोलको गीत सार्वजनिक

नेपाली नारीहरुको महान चाड तीज नजिकिदैँ गर्दा गायक उज्जवल केसी र जुना श्रीस मगरको  “भन के लाउली”  बोलको गीत सार्वजनिक भएको छ । गायक उज्जवल केसीको नै शब्द तथा संगीत रहेको उक्त गीतमा सागर विरहीको एरेंज रहेको छ । दुई प्रेमी बिचको भाव समावेश गरिएको उक्त गीतमा मायालुलाई तीजमा के लाउने त्यहि किनिदिने कुरा गरिएको छ । रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको उक्त गीतको भिडियो प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

धेरै गीतको भिडियोहरुमा अभिनय गरिसकेका र सबैले रुचाएका रामजी खाँड र करिश्मा ढकालको जोडी बाधिँएको उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिलन बि.कले संपादन गरेका हुन् ।

 

Comment here