फिचरभिडियोमनोरञ्जन

गायक तथा सर्जक दिप सागर बुढा मगरको नयाँ मौलिक झ्याउरे गीत”फुलैको थुँगा”सार्वजनिक

गायक तथा सर्जक दिप सागर बुढा मगरको नयाँ मौलिक झ्याउरे गीत  फुलैको थुँगा बिश्व बजारमा सार्वजनिक भएको छ । बिदेशी भुमिका रहेर पनि गित संगितलाई निरन्तर दिदै आइरहेका गायक दिप सागर बुढा मगरलाई स्वरमा साथ निकै सुरिलो स्वरका धनी चर्चित गायिका निरु श्रीस मगरले स्वरमा साथ दिएका छन ।

मौलिक गित संगित संगै रमाउने गायक दिप सागर बुढा मगर अमेरिका जस्तो ब्यस्त देशमा मौलिकतामै रमाएका बताउछन ।सार्बजनिक गित “फुलैको थुँगामा” लय तथा शव्द संकलन गायक दिप सागर बुढा मगरको रहेको छ भने संगित संयोजन डोलराज बारघरे मगरले गरेका छन ।

ग्यालेक्सी म्युजिक प्रा.लि.को प्रस्तुति गित “फुलैको थुँगा”मा मौसम हिमालीले निर्देशन गरेका छन भने नीर आले मगर र आरुशी मगरको उत्कृष्ट अभिनय हेर्न पाइन्छ । करन चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो :

Comment here