भिडियोमनोरञ्जन

बिध्या र निरजको “तिमीलाई म के भनु” सार्वजनिक

चचित गायिका बिध्या तिवारी र गायक निरज खरेलको  “तिमीलाई म के भनु”  बोलको गीत सार्वजनिक भएको छ । श्यामी श्रेष्ठ र गायक निरज खरेलको शब्द तथा संगीत रहेको उक्त गीतमा शैलेन्द्र प्रधानको एरेंज रहेको छ ।

 

धेरै चर्चित गीतहरु गाइसकेकी गायिका बिध्या तिवारीको उक्त गीत तिमीलाई म के भनु मा दूइृ प्रेमीको मनको भाव समावेश गरिएको छ । नायिका आचँल शर्मा र टिकटकका मदन दहालको अभिनय रहेको उक्त गीतको भिडियो राम कुमार केसीले छायाँकन गरेका हुन् ।

फिल्मका साथ साथै गीतका भिडियोहरुमा पनि रुचाइएकी नायिका आचँल शर्मालाई उक्त गीतको भिडियोमा मदन दहालले साथ दिएका छन् भने दुईलाई भिडियेमा प्रेमीको रुपमा देख्नसकिन्छ । गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा संपादन गरेका हुन् ।

 

 

 

Comment here