भिडियोमनोरञ्जन

प्रियंका र आयुष्मानको “घरमा कुरा”

नेपाल आइडलका रवि ओड र दुर्गाा खरेलको  “घरमा कुरा”  बोलको गीत सार्वजनिक भएको छ । ध्रव प्रसाद अमिको शब्द रहेको उक्त गीतमा अर्जुन पाखरेलको संगीत तथा एरेंज रहेको छ ।

माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुलाई माया गर्छै कि गर्दैनौ भनेर सोधिएको छ भने दुई पैमीको मनको भाव समावेश गरिएको छ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीकोअभिनय रहेको उक्त गीतको भिडियो रामेश्वर कार्कीले छायाँकन गरेका हुन् ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई एक माया गर्ने जोडीको रुपमा देखाइएको उक्त गीतको भिडियोमा उनीहरुलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।

 

धेरै गीतको भिडियोहरुमा एकसाथ अभिनय गरेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई उक्त गीतको भिडियोमा दुई प्रेमीको रुपमा माया साट्टै र रमाउँदै देख्न सकिन्छ । शिव बि.केको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुप्रिम पराजुलीले संपादन गरेका हुन् ।

Comment here