स्वास्थ्य

कागती पानी पिउनुस्, यस्तो हुन्छ फाइदा

कागती भिटामिन सीको भण्डार हो । कागतीको सेवनले छाला स्वस्थ र चम्किलो बनाउँछ ।कागती पानी पीउने बानीले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामीन सी को प्रमूख स्रोत मानिने कागतीलाई पानीमा हालेर बिहान खाली पेटमा पीउदा फाइदा हुने विज्ञहरु बताउँछन् ।

यस्तो छ कागतीपानीको फाइदा

–कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,

–खाली पेटमा कागती पानी पिउदा शरीरमा हुने फोहोर पदार्थ निष्काशन हुन्छ,

–रुघाखोलीको घरेलु उपचारमा कागती पानी उपयुक्त हुन्छ,

– कागतीले जोर्नीहरुको पीडा कम गछ,

– युरिक एसिडलाई नष्ट गर्छ,

–कागती पानीले भोक जगाउँछ,

– पाचन प्रणालीमा सुधार ल्याउँछ ।

 

Comment here