मनोरञ्जन

जब सनी लियोनीले पहिलोपटक हेरेकी थिइन् एडल्ट फिल्म

बलिउड अभिनेत्री सनी लियोनी आफ्नो करिअरको शुरुवाती समयमा पोर्न स्टार थिइन् । उनी निकै छिटो टप एडल्ट स्टार पनि बनिन् । एडल्ट फिल्ममा जमेकी सनीको पहिलो एडल्ट फिल्म हेर्दाको अनुभव कस्तो थियो त ?

 

सनीमाथि बनेको वेब सिरिज ‘करनजीत: द अनटोल्ड स्टोरी’ मा सनीले यसबारेमा खुलासा गरेकी छिन् । वेब सिरिजका अनुसार उनले एडल्ट फिल्म पहिलोपटक आफ्नो भाइ र साथीका साथ गल्तीले हेरेकी थिइन् । त्यतिबेला उनलाई निकै नरमाइलो लागेको थियो ।

एडल्ट फिल्म हेरेपछि ग्लानि महसुस भयो । लगत्तै उनी गुरु नानक देवको तस्वीरका अगाडि उभिइन् र माफी मागिन् । सनीको जिन्दगीमा आएका अनेक मोड खुलाइएको थिएन । सनीले वेब सिरिजका माध्यमबाट धेरै कुराको पर्दाफास गरेकी छिन् ।सनीको जीवनमा एउटा यस्तो पनि समय थियो कि, सनीका भाइले पोस्टरमा सनीको अटोग्राफ गराएर कलेजमा लगेर बेच्ने गर्थे ।

सनीका भाइ सन्दीपले भनेका छन्, ‘म आफ्नो कोठामा सनीको पोस्टर लगाउँथेँ, उक्त पोस्टरमा उनको साइन पनि हुन्थ्यो । एक्स्क्लुसिभ तस्वीर देखेपछि तस्वीर किन्ने माग बढ्थ्यो ।’अहिले सनी लियोनी बलिउडकी टप अभिनेत्रीमा गनिन्छिन् । उनको एडल्ट करिअरको पनि उत्तिकै चर्चा हुने गर्छ ।

Comment here