भिडियोमनोरञ्जन

चर्चित गायिका देबि घर्ती मगर र शेर कृष्ण सुनारको नयाँ गीत “परदेशी माया” सार्वजनिक

विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् ।यसै क्रममा चर्चित गायिका देबि घर्ती मगर र गायक शेर कृष्ण सुनारको स्वर रहेको नयाँ गीत “परदेशी माया” सार्वजनिक भएको छ ।

उक्त गीतमा शेर कृष्ण सुनार र सानु पि.एम.को शब्द रहेको छ भने सङ्गीत सुनारको नै रहेको छ ।दुर्गा बिरहीको निर्देशन रहेको यस गीतमा दिनेस मुस्कानको सम्पादन रहेको छ । यसअघि पनि बिरहीले निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य स्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ ।

उक्त गीतमा जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाएसंगै आफ्नो जन्मभुमी फर्किएर संगै घुम्ने कुरालाई चित्रण गरिएको छ ।आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि.सी. र कृष्ण श्रेष्ठको रहेको छ ।

 

Comment here