भिडियोमनोरञ्जन

लोकप्रिय गायिका बिष्णु माझी र कमल सुशान्त केसीको “म बसेको मुटु” सार्वजनिक

लोकप्रिय गायिका बिष्णु माझी र गायक कमल सुशान्त केसीको  “म बसेको मुटु”  बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । राजु परियारको शब्द रहेको उक्त गीतमा गायक कमल सुशान्त केसीको नै संगीत रहेको छ भने बिनोद बजुरालीको एरेंज रहेको छ । माया , प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुले आफु बस्ने मुटुमा अरुलाई नै राखेको कुरा गरिएको छ ।

सारिका केसी , सन्जीता श्रेष्ठ , भरत श्रेष्ठ , रुलोसना र अनुपको अभिनय रहेको उक्त गीतको भिडियो बसु बराल र अजय रेग्मीले छायाँकन गरेका हुन् । गीतको भिडियोमा एक माया गर्ने जोडीको बिछोडको पिडालाई देखाइएको छ । समिर थोकरको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मिन रावलले संपादन गरेका हुन् ।

 

Comment here