मनोरञ्जन

गायक खुमन अधिकारी र सपना थापाको “घरबार गर्ने सोँच”सार्वजनिक

चर्चित लोकप्रिय गायक खुमन अधिकारी र गायिका सपना थापाको  “घरबार गर्ने सोँच”  बोलको तीज गीत सार्वजनिक भएको छ । सागर प्रधानको शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ । एक युवतीको मनको भाव ब्यक्त गरिएको उक्त गीतमा तीजमा साथीहरु माइत आउँदा मन कुटुक्क खाने कुरा गरिएको छ ।

नायिका रेजिना उप्रेती, लोमश शर्मा र रेखा थापाको अभिनय रहेको उक्त गीतको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको छ ।

Comment here