समाचार

लौका र बोडीको माला लगाएर नेविसंघको विरोध प्रदर्शन

काठमाडौं– भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भीरु खेलबाड गर्ने गरी सरकारले लिएको सो निर्णयविरुद्ध प्रदर्शन गरेको हो ।

विषादी परीक्षण रोकेको विरोधमा नेविसंघका कार्यकर्ताले गलामा लौका, बोडी, सिमीलगायतका तरकारीको माला लगाएर प्रदर्शन गरेका थिए ।भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्काल सूरु नगरे सरकारविरुद्ध देशभर आन्दोलन सुरु गर्ने नेविसंघका नेताहरुले चेतावनी दिए ।

राजधानीको प्रदर्शनी मार्गमा भएको विरोध प्रदर्शनमा ‘विषाधियुक्त फलफूल तथा तरकारी खुवाउन पाईदैन भन्दै नाराबाजी गरेका थिए ।जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए । उनले सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु नगरेसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

नेविसंघले सरकारको सो निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने तयारी पनि गरेको छ । भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादीको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

Comment here