समाचार

आफूलाई  ‘धर्तीमाता’ अवतार मान्ने विण्णु कुँवर रिहा

आफूलाई  ‘धर्तीमाता’ अवतार मान्ने विण्णु कुँवर रिहा भएकी छिन्।काठमाडौंको भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई यातना दिइ तथानाम गाली गरेपछि पक्राउ परेकी कुँवर ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् । यही असार १३ गते बालाजु क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार गरी ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको बताइएको छ ।

भद्रकाली मन्दिर परिसरमा युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Comment here