सामाज

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।आफू श्रीमानबाट असुरक्षित भएको भन्दै शिल्पाले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएकी हुन् । प्रवक्ता (प्रहरी नायव उपरिक्षक) होविन्द्र वोगटीले शिल्पाले उजुरी दर्ता गराएको डिसी नेपालसंग पुष्टि गरे ।

योसंगै शिल्पा र छविबिचको विवादको कुरा बाहिर आएको छ ।म्युजिक भिडियोमा जमिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’बाट सिने नगरीमा भित्रयाएका थिए । ‘लज्जा’गरेपश्चात नै उनिहरु प्रेममा रहेको चर्चा चलेको थियो ।

केही वर्षको प्रेमपश्चात २०७३ सालको दशैंमा यी दुईले गोप्य रुपमा बिहे गरेका थिए । तर, लामो समय यी दुईले आफ्नो बिबाहलाई लुकाएका थिए । गत वर्ष मात्र निर्माता छविराजले आफूहरुले बिबाह गरेको बताएका थिए ।

शिल्पा छविराजको चौथो श्रीमतिका रुपमा भित्रिएकी हुन् । रेखा थापा छविको तेस्रो श्रीमती थिईन् । शिल्पाले छविराजको ‘हवल्दार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा अभिनय गरेकी छिन् ।

Comment here