समाचार

सप्तरी सुन्दरी खोलाको बाँध फुट्यो, ४ सय घर डुबानमा

सप्तरीको सुन्दरी खोलाको बाँध फुट्दा ४ सय घर डुबानमा परेका छन्।सुन्दरी खोलाको बाँध फुट्दा कन्चनरुप तथा हनुमान मेकालिनी नगरपालिका र तिरहुत गाउँपालिकाको करिब ४ सय घर डुबानमा परेका हुन् ।

कन्चनरुप नगरपालिकाका वडा नम्बर १, २ र ३ तथा वरपरका बस्ती डुबानमा परेका छन् भने हनुमान मेकालिनीको वडा नम्बर ३ को बस्तीमा बाढी पसेको छ ।

Comment here